
धरान, १२ भदौ । धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सिरहाकाको सुखीपुर नगरपालिका–८ का ६५ वर्षीय पुरुषको बिहीबार राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।
ज्वरो र रुघाखोकी लागेर उपचारका लागि गत भदौ ६ गते धरान पुगेका उनको सोही दिन स्वाब संकलन गरिएको थियो । स्वाबको रिपोर्ट भदौ ८ गते पोजेटिभ आएको थियो ।
धरानमा यसअघि झापाको कमल गाउँपालिकाका–३ केर्खा बजारका ८३ वर्षीय पुरुषको पनि कोरोना संक्रमणकै कारण बिहीबार राति मृत्यु भएको छ ।















प्रतिक्रिया