दमक, १२ भदाै । झापा जिल्लामा एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
झापाको कमल गाउँपालिकाका–३ केर्खा बजारका ८३ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण बिहीबार राति ११ बजे उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
झापाकाे कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले कोरोना संक्रमण पुष्टि भएपछि एक साताअघि उनलाई उपचारका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको बताइन् । संक्रमितकाे उपचारकै क्रममा मृत्यु भएको काफ्लेले जानकारी दिइन् ।
कमल गाउँपालिकामा कोरोना संक्रमण फैलिएपछि मिर्गौलाका बिरामीसमेत रहेका ती पुरुष संक्रमित भएका थिए ।
मृतकको परिवारका एक जना सदस्यमा पनि संक्रमण देखिएको थियो । उनको मेची प्रादेशिक अस्पतालको आइसोलसेनमा उपचार भइरहेको छ ।















प्रतिक्रिया