६ कार्तिक २०८३, शुक्रबार

पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ भदौ । थप एक जना कोरोना संक्रमितको उपचारको क्रममा ललितपुरस्थित पाटन अस्पतालमा मृत्यु भएको छ ।

अस्पतालमा उपचाररत ७२ वर्षीय संक्रमितको बिहीबार दिउँसो २ बजे मृत्यु भएको जनाइएको छ ।

गत मंगलबार अस्पताल भर्ना भएका उनको त्यही दिन स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उच्च रक्तचापको समस्या भएका उनको शव हाल अस्पतालमै रहेको जनाइएको छ ।

यसअघि बिहीबार विहान पनि पाटन अस्पतालमा एक ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो ।