
काठमाडौँ, ११ भदौ । धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिराहा नगरपालिका २ का ५५ वर्षका पुरुष रहेका छन् । उनको बिहीबार साँझ पौने ७ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
भदौ ६ गते अस्पताल भर्ना भएका उनमा ७ गते कोरोना पुष्टि भएको थियो । उनमा पहिले क्षयरोग लागेर निको भएको र हाल उच्च रक्तचाप भएको अस्पतालले जनाएको छ ।
यससँगै प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुने कोरोना संक्रमितको संख्या १३ जना पुगेको छ ।















प्रतिक्रिया