
काठमाडौँ, ११ भदौ । नेपालमा थप १ हजार १ सय ११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यससँगै संक्रमितको संख्या ३५ हजार ५ सय २९ जना पुगेको छ । कुल संक्रमित मध्ये १ सय ५० भन्दा बढी व्यक्ति आईसीयूमा छन् भने १७ जना भेन्टिेलेटरमा छन् ।
त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ५ सय ६९ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या २० हजार ७३ जना पुगेको छ ।
हालसम्म कोरोनाका कारण १ सय ८३ जनाको मृत्यु भएको छ ।















प्रतिक्रिया