६ कार्तिक २०८३, शुक्रबार

बिहीबार एकै दिन थप १ हजार १११ मा कोरोना पुष्टि, संक्रमितको संख्या साढे ३५ हजार

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ भदौ । नेपालमा थप १ हजार १ सय ११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या ३५ हजार ५ सय २९ जना पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ५ सय ६९ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या २० हजार ७३ पुगेको छ ।

हाल देशभर १५ हजार २ सय ७्र३ जना जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १२ हजार ६ सय २९ जनाको पीसीआर परीक्षण भएको थियो । यससँगै हालसम्म ६ लाख ४७ हजार ८ सय ८१ जनाको पीसीआर परीक्षण भएको छ ।