
काठमाडौँ, ११ भदौ । स्याङ्जामा थप एक हप्ताका लागि निषेधाज्ञाको अवधि बढाउने निर्णय गरिएको छ ।
बिहीबार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १८ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
छिमेकी जिल्लाहरुमा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेकाले स्याङ्जा पनि उत्तिकै जोखिममा रहेको निषेधाज्ञा थपिएको हो ।
प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले एक विज्ञप्ति जारी गर्दै अत्यावश्यक सेवाबाहेक सबै बन्द रहने जानकारी दिएका हुन् । वुधबारदेखि बैंक तथा वित्तीय संस्था भने सञ्चालनमा आइसकेका छन् ।















प्रतिक्रिया