शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर पर्वतको कुश्मामा

दैनिक नेपाल २०७७ भदौ ११ गते १६:०६

काठमाडौँ, ११ भदौ । ग्लोबल आइएमई बैंक लिमिटेडलेपर्वतको कुश्मामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

बैंकको ४२ औँ एक्सटेन्सन काउण्टरको उद्घाटन, को. ले. नि. का. पर्वतका प्रमुख नवराज सापकोटाले गरेका हुन् ।

बैंकले सेवाग्राहीको बढ्दो चापर बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दैपर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ५ स्थित मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउण्टरसञ्चालनमा ल्याएको हो ।

बैंकले मालपोत कार्यालय अन्तर्गतका सेवाग्राही लगायत अन्य ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा कार्यालय, २३४ एटीएम, ४२ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २१८ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बीढ ग्राहकहरु मझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित