६ कार्तिक २०८३, शुक्रबार

झापामा गोरु काटेको विषयमा विवाद हुँदा ८ राउण्ड गोली चल्यो, एक घाइते

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १० भदौ । झापाको झापा गाउँपालिकामा वुधबार साँझ गोरु काटेको विषयमा विवाद हुँदा गोली चलेको छ ।

झापा गाँउपालिका ३ कामाटोलीमा स्थानीयबीच गोरु काटेको विषयमा विवाद हुँदा सशस्त्र प्रहरीले गोली चलाएको हो ।

गोरु काटेको आरोपमा प्रहरीले दिउँसो २ जनालाई पक्राउ गरेको थियो । त्यही विषयमा विवाद हुँदा स्थानीयले सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा लैजान खोजेपछि स्थानीयले प्रहरीमा आक्रमण गरेका थिए । भीडलाई तितरबितर पार्न ८ राउण्ड गोली चलाइएको बताइएको छ ।

गोली लागेर स्थानीय रसिक आलम घाइते भएका छन् ।

उनको पेटमा गोली लागेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लगिएको छ ।