
चितवन, १० भदौ । चितवनस्थित भरतपुरमा रहेको आइसोलेसनबाट फरार भएका कोरोना संक्रमितलाई नुवाकोटमा पक्राउ गरी त्रिशुली अस्पतालको आइसोलेसनमा राखिएको छ ।
बेलकोटगढी नगरपालिका -५ घर भएका भरतपुर महानगरपालिकाको फोहोर संकलन गर्ने गाडीमा काम गर्दै आएका १९ वर्षीय जोयल भन्ने सुनिल परियारलाई बुधबार बेलकोटगढी–६ सुकौरा खोलाको किनारबाट पक्राउ गरेर त्रिशुली अस्पतालको आइसोलेसनमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विष्णुहरि फुँयालले जानकारी दिए ।
यही भदौ ६ गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएका परियारलाई भरतपुर अस्पतालको आइसोलेसन कक्षामा राखिएको थियो ।
उनी मङ्गलबार बिहान ६ः०० बजे आइसोलेसनबाट फरार भएका थिए । फरार सङ्क्रमितलाई प्रहरीले स्वास्थ्य मापदण्ड पूरा गरी पक्राउ गरेको जनाएको छ । फरार सङ्क्रमितको कन्ट्याक ट्रेसिङको कार्य भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । –रासस















प्रतिक्रिया