
उदयपुर, १० भदौ । उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका ७ ठुलो टिकेनीबाट भाद्र १० गते एपीएफ टोलीले करीव ८० के.जी. गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको उदयपुरगढी गाउँपालिका १ बस्ने २९ वर्षिय पुण्यबहादुर मगर र सोही गाउँपालिका ३ बस्ने ४३ वर्षिय रामकुमार गोले छन् ।
उदयपुरबाट सिराहतर्फ जाँदै गरेका उनीहरुको साथबाट सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ गण उदयपुरबाट खटिएको एपीएफ टोलीले चार बोरा तयारी गाँजा फेला पारेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।















प्रतिक्रिया