
काठमाडौँ, १० भदौ । बाँकेमा वुधबार थप ७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
जसमध्ये ५१ जना नेपाली सेना रहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरु कोहलपुरको कौशिलानगरस्थित ब्यारेकका हुन् ।
उनीहरुको परीक्षण बाँकेको एक मात्र निजी प्रयोगशाला बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरमा गरिएको थियो ।
एक सय जना नेपाली सेनाको स्वाब परीक्षण गर्दा ५१ जनामा संक्रमण देखिएको क्लिनिकले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले वुधबार थपिर्एका संक्रमहरुमा भेरी अस्पतालका थप एक जना डाक्टर, ८ जना नेपाल टेलिकमका कर्मचारी, एक जना नेपालगन्जको पुरैना स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, माछापुच्छ्रे बैंकका एक कर्मचारीलगायत रहेको जानकारी दिए ।
यससँगै बाँकेमा संक्रमितको संख्या ९ सय १९ पुगेको छ । जसमध्ये ६ सय ६० जना निको भएका छन् भने २ सय ५४ जना आइसोलेसनमा छन् ।















प्रतिक्रिया