
काठमाडौँ, १० भदौ । ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा १० जना थुनुवामाथि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
वुधबार आएको रिपोर्टमा १० जना थुनुवामा संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
त्यस्तै, वुधबार रुपन्देहीमा थप २५ जनामा संक्रमण पुष्टि भएको हो । जसमा बुटवलका २ जना चिकित्सक पनि रहेका छन् । यससँगै जिल्लामा संक्रमितको संख्या ७ सय ६० पुगेको छ । जसमध्ये ४ सय ८ जना सक्रिय संक्रमित हुन् ।















प्रतिक्रिया