
काठमाडौँ, १० भदौ । काठमाडौँ उपत्यकामा थप ३ सय १ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा २ सय ३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ गरी उपत्यकामा ३ सय १ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
देशभर वुधबार थप ८ सय ८५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया