
काठमाडौँ, १० भदौ । नेपालमा थप ८ सय ८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ८ सय ८५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यससँगै संक्रमितको संख्या ३४ हजार ४ सय १८ जना पुगेको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३ सय ८५ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १९ हजार ५ सय ४ पुगेको छ ।
हाल देशभर १४ हजार ७ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १३ हजार २ सय ५३ जनाको पीसीआर परीक्षण भएको थियो । यससँगै हालसम्म ६ लाख ३५ हजार ५२ जनाको पीसीआर परीक्षण भएको छ ।















प्रतिक्रिया