
काठमाडौँ, १० भदौ । उच्च अदालत विराटनगरका एक जना न्यायाधीशमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
कोशी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षण एक न्यायाधीशसहित २ जनामा संक्रमण देखिएको हो । उनीहरुको मंगलबार साँझ रिपोर्ट आएको हो ।
संक्रमितमा ४८ वर्षीय न्यायाधीश र उनका सवारी चालक रहेको अदालतले जनाएको छ ।
सुवेदीका अनुसार सवारी चालकमा केही दिनदेखि ज्वरो र रुघाखोकीको समस्या देखिएपछि न्यायाधीश उनका अंगरक्षक र सवारी चालक तीनै जनाले भदौ ७ गते आइतबार स्वाब परीक्षणका लागि दिएका थिए ।
अंगरक्षकको रिपोर्ट भने नेगेटिभ आएको छ ।
यसअघि जिल्ला अदालत मोरङका न्यायाधीशमा पनि कोरोना देखिएको थियो ।















प्रतिक्रिया