६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँका ३ सहित थप ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६४ पुग्यो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ९ भदौ । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ ।

मंगलबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक महिलासहित ७ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।

मृत्यु हुनेमा काठमाडौँका एक महिलासहित ३ जना र पर्सा, सिराहा, धनुषा र रुपन्देहीका एक एक जना पुरुष रहेका छन् ।

मंगलबार देशभर थप ८५५ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप ३१३ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।