६ कार्तिक २०८३, शुक्रबार

पाटन अस्पतालमा उपचाररत थप २ कोरोना संक्रमितको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ भदौ । पाटन अस्पताल ललितपुरमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोमबार साँझ स्वास्थ्य कार्यालय ललितपुरले प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालमा उपचाररत काठमाडौँका १ र धनुषाका १ जना संक्रमितको मृत्यु भएको जनाएको हो ।

मृत्यु हुनेमा काठमाडौँका ७४ वर्षीय पुरूष र धनुषाका ७६ वर्षीय पुरूष रहेका छन् ।

काठमाडौंका पुरूष भदौ ६ गतेदेखि र धनुषाका पुरूष साउन २५ गतेदेखि त्यहाँ उपचाररत थिए ।