६ कार्तिक २०८३, शुक्रबार

बारामा थपिए ९५ जना कोरोना संक्रमित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ भदौ । बारामा सोमबार थप ९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरु कलैया उपमहानगरपालिका र जीतपुरसिमरा उपमहानगरपालिकाका रहेका छन् । ति स्थानमा एकैपटक ठुलो संख्यामा संक्रमित थपिएका हुन् ।

थपिएका संक्रमितहरु उपमहानगरमा ७६, जीतपुरसिमरामा १६ जनासहित अन्य तीन व्यक्ति रहेका छन् ।

संक्रमितमध्ये केहीलाई अस्पतालमा ल्याउन थालिएको र केहीलाई होम आइसोलेसनमा बस्न भनिएको बताइएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकामा संक्रमित १६ जनामध्ये ९ जना नेपाल आयल निगमको अमलेखगंजस्थित क्षेत्रिय डिपोमा कार्यरत कर्मचारी छन् भने अन्य ७ जना स्थानीय रहेका छन् ।

यससँगै बारामा संक्रमितको संख्या ६ सय ८५ पुगेको प्रहरीले जनाएको छ । जसमध्ये २ सय ५२ जना उपचारपछि घर फर्किएका छन् । कोरोना संक्रमणबाट बारामा १० जनाको मृत्यु भइसकेको छ ।