
काठमाडौँ, ८ भदौ । कोरोनाभाइरस संक्रमणबाट झापाका एक जनाको काठमाडौँमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक १ मा अस्थायी बसोबास गर्ने एक पुरुष रहेका छन् ।
उनको काठमाडौँस्थित ह्याम्स हस्पिटलमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो ।
झापामा कोरोनाका कारण यो पहिलो मृत्यु भएको हो ।
उनलाई त्यहाँ जाँचको क्रममा कोरोना देखिएको थियो । अहिले उनको परिवारको कन्ट्याक्ट ट्रेसिङ लगायतको काम दमकमा शुरु भएको बताइएको छ ।
पछिल्लो समय झापाको दमकमा संक्रमितको संख्या बढीरहेको छ ।
पछिल्लो समय दमकमा थप एक साताका लागि लकडाउन जारी राखिएको छ ।















प्रतिक्रिया