
काठमाडौँ, ८ भदौ । नेपालमा २४ घण्टामा ७ सय ४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने थप ८ जनाको मृत्यु भएको छ ।
सोमबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको र ८ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए ।
यससँगै संक्रमितको संख्या ३२ हजार ६ सय ७८ जना पुगेको छ ।
यससँगै मृतकको संख्या १ सय ५७ जना पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मृत्यु हुनेमा सुनसरी, मोरङ, पर्सा, काठमाडौँ र रूपन्देहीका हुन् ।
तीमध्ये रूपन्देहीमा एक महिला र ७ पुरुष छन् ।
उनीहरूमध्ये एक जना ३८ वर्ष र बाँकी सबै ४८ देखि ७० वर्षसम्मका छन् ।















प्रतिक्रिया