
काठमाडौँ, ८ भदौ । हालसम्म मुलुकभर ३६ जना पत्रकारहरुमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
सोमबार महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ती जारी गर्दै हालसम्म करिब ३६ जना पत्रकारमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताए ।
महासंघले एक विज्ञप्ति जारी गर्दै पत्रकारहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले फिल्डमा खटिने सम्वाददाता र फोटो पत्रकारहरुको निशुल्क परीक्षण गर्न पनि माग गरेको छ ।
त्यस्तै, महासंघले स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न पत्रकारहरुलाई आग्रह गरेको छ ।
महासंघले सञ्चार प्रतिष्ठानहरूलाई अति आवश्यक बाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाइदिन पनि आग्रह गरेको छ ।















प्रतिक्रिया