
काठमाडौँ, ८ भदौ । वीरगञ्जका मेयर विजयकुमार सरावगी २४ दिनपछि कोरोनामु्क्त भएका छन् ।
उनी निको नहुँदै काठमाडौँबाट वीरगञ्ज पुगेका थिए ।
साउन १५ गते काठमाडौँ आउँदा मेयर सरावगीमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि उनी काठमाडौँस्थित आफ्नो घरमै होम आइसोलेसनमा बस्दै आएका थिए ।
उनी संक्रमणमुक्त नहुँदै चालकलाई पीपीई प्रयोग गराएर वीरगञ्ज पुगेका थिए । आफू निको हुनेबित्तिकैदेखि छलफलमा जुटेको बताए ।
पछिल्लो समय पर्सा सबैभन्दा धेरै संक्रमति भएको जिल्लामध्ये दोस्रो बनेको छ ।















प्रतिक्रिया