
काठमाडौँ, ७ भदौ । प्रदेश २ मा कोरोनका कारण आइतबार थप ३ जनाको मृत्यु भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार मृत्यु हुनेमा सिन्धुली घर भइ हाल सर्लाहीको लालबन्दीमा बसिरहेकी एक जना ३३ वर्षीया महिला, सप्तरीको राजविराज नगरपालिका ७ घर भएका ७७ वर्षीय एक जना पुरुष र धनुषाको जनकपुरधाम उपमहानगरपालिका, रुपैठा घर भएका ५८ वर्षीय एक जना पुरुष रहेका छन् ।
यससँगै प्रदेशमा मृतकको संख्या ६२ पुगेको छ । आइतबार प्रदेश २ मा ३ सय १२ जना नयाँ संक्रमित थपिएका छन् ।
थपिएका संक्रमितहरुमा कधनुषामा ११ जना महिलासहित ३७ जना, महोत्तरीमा ११ जना पुरुष, सिरहामा एक जना महिलासमेत पाँच जना, बारामा १३ जना पुरुष, पर्सामा ३१ महिलासहित १ सय ३८ जना, सर्लाहीमा १० जना महिलासमेत ७९ जना, रौतहटमा तीन जना महिलासमेत १७ जना र सप्तरीमा एक जना महिलासमेत १२ जना रहेका छन् ।
यससँगै प्रदेश २ मा संक्रमितको संख्या ८ हजार ८ सय ३२ जना पुगेको छ । ती मध्ये आइतबार ५३ सहित हालसम्म ४ हजार २ सय ३७ जना कोरोनामुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया