६ कार्तिक २०८३, शुक्रबार

तीजको दर खाने कार्यक्रम गरेको भोलिपल्ट कोरोना पुष्टि, थप ५ जनामा संक्रमण

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ भदौ । काठमाडौँको कागेश्वरी मनोहरा ७ सयपत्री टोलकी एक महिलाले आफ्नै घरमा तीजको दर खाने कार्यक्रमआयोजना गरेकी थिइन् ।

उनलाई सामान्य ज्वरो आएको र स्वास्थ्य अवस्था सुधारोन्मुख भएपछि स्वाब दिएर भदौ ४ गते तीजको दर खाने कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा ३० जनाको सहभागीता रहेको स्थानीय जनप्रतिनिधि जनाउँछन् ।

ति ३० वर्षीया महिलाले दरको कार्यक्रम आयोजना गरेको भोलिपल्ट भदौ ५ गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि उनका परिवारका अन्य ५ जना र क्लोज कन्ट्याक्टका अन्य ३० जना रहेको जनाइएको छ । उनीहरु सबैको स्वाब संकलनका लागि सोमबार बालाइएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकामा हाल ८२ जना कोरोना संक्रमित रहेकोमा १० जना निको भइसकेको जनाइएको छ ।

आइतबार मात्रै वडा नं ५ का ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, वडा नम्बर ९ का एकजना सैलुन सञ्चालकमा कोरोना संक्रमण देखिएसँगै वडा सिल गरिएको छ ।

समुदायस्तरमा कोरोना संक्रमण फैलिएको हुन सक्ने भन्दै नगरपालिकाको वडा नं ९ को केही क्षेत्र सिल गरिएको हो ।

वडाको खहरे चोकदेखि वीरेन्द्र चोकसम्म सिल गरिएको हो । वडा नं ९ मा मात्रै ४२ जनामा कोरोना देखिएको पुडासैनीले जानकारी दिइन् ।