
काठमाडौँ, ६ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा मा थप १०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
थपिएकामध्ये ३७ महिला र ६५ पुरुष छन् । सामाजिक विकास मन्त्रालयका अनुसार थपिएकासँगै प्रदेश नं १ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ५ सय ८९ पुगेको छ ।
थपिएका संक्रमितमध्ये मोरङका ४९, सुनसरीका ३०, झापाका १६, भोजपुरका तीन, इलामका एक र यस प्रदेश बाहिरका तीन जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा विराटनगरमा ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये १३ महिला र २० पुरुष छन् ।
प्रदेश १ मा आजसम्म एक हजार २ सय ४३ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने अहिलेसम्म ७६ हजार ३५३ जनाको पीसीआर परीक्षण भइसकेको छ ।















प्रतिक्रिया