
रुकुम, ६ भदौ । रुकुम पश्चिमको आठबिसकोटमा शनिबार थप ६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
चौरजहारी अस्पतालमा गरिएको पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखा परेको हो । भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका ४ जना र अन्य दुईजना स्थानीय व्यवसायी रहेका छ्न ।
क्वारेन्टाइनमा बसेका मध्य आनपा ११ का २ वर्षीया बालिका र उनकी २० वर्षीया आमासहित अन्य १६ र २२ वर्षका २ पुरुष रहेका छ्न । त्यस्तै १२ नम्बर वडाका दुई स्थानीय मध्य एक २२ वर्षीय हेयर कटिङ गर्ने र अर्का २४ वर्षका पुरुष ट्याक्टर चालक रहेको पाईएको छ ।
सबै ६ जना आठबिसकोट नगरपालिका ११ र १२ नम्बर वडाका रहेका छ्न । दुईजना स्थानीय व्यावसायीमा पनि देखिएकोले उनीहरुका सम्पर्कमा आएकाहरुको कन्टुयाक्ट ट्रेसिङका लागि ९, ११ र १२ नम्बर वडा सिल गरिएको छ ।















प्रतिक्रिया