बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

एसईईका विद्यार्थीलाई स्टुडेन्ट अफर र निःशुल्क सिम

दैनिक नेपाल २०७७ भदौ ३ गते १०:३८

काठमाडौं, ३ भदौ । नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि एसईई परीक्षाको नतिजा प्रकाशन भएपछि एसईईका विद्यार्थीहरुका लागि विद्यार्थी अफर प्याकसहितको सिम देशभर रहेका काउन्टरहरुबाट निःशुल्क उपलब्ध गराउने भएको छ ।

कुनै विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने त्यही सिममा अफर उपलब्ध गराउने व्यवस्था समेत गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ सिम लिनका लागि विद्यार्थीहरुले एसईई प्रवेश–पत्रको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ । सिम लिइसकेपछि अफरहरु प्राप्त गर्नका लागि नयाँ मोबाइल नम्बरबाट ८ज्ञटण्ण्३ मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति (विक्रम सम्वत) उल्लेख गर्नुपर्दछ ।

नयाँ लिइएका सिमकार्ड एक्टिभ भए पश्चात् उनीहरुलाई स्टुडेन्ट रजिष्ट्रेसन प्याक योजना अन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी र ५ वटा एसएमएस गर्न तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने गरी मासिक ३ हजार एमबी डाटा, ३५० मिनेट टकटाइम र १५० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ ।

नयाँ सिममा रु. ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ । यो बोनसवापत पाइएको सुविधा ३ दिनभित्र प्रयोग गरिसक्नु पर्नेछ । हरेक पटक रिचार्ज गरेपश्चात् प्राप्त हुने सो सुविधा एक वर्ष अवधिसम्म उपयोग गर्न सकिनेछ ।

 

प्रतिक्रिया
सम्बन्धित