मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

ठैबमा ‘क्लासिक सेन्टर’ सञ्चालन

दैनिक नेपाल २०७७ भदौ ३ गते १०:२८

काठमाडौं, ३ भदाै । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकले ललितपुरको ठैबमा ‘क्लासिक सेन्टर’ सञ्चालनमा ल्याएको छ । ठैब क्षेत्रका ग्राहकलाई सहज रुपमा इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले क्लासिक टेकले यो सेन्टर सञ्चालनमा ल्याएको हो ।

देशव्यापी सेवा विस्तारमा तल्लीन क्लासिक टेकले यो सेन्टरमार्फत् इन्टरनेट सेवा विस्तार र ग्राहकलाई छिटोछरितो मर्मत सेवा प्रदान गर्ने छ ।

इन्टरनेट सेवा प्रदायक क्लासिक टेकका अनुसार यही साताभित्र भक्तपुरको गठ्ठाघरमा रहेको शाखाका लागि सुर्यविनायक र काभ्रेको बनेपामा रहेको शाखाका लागि पनौतीमा पनि क्लासिक सेन्टर सञ्चालनमा ल्याउन लागिएको छ ।

त्यस्तै, विराटनगरमा रहेको शाखाका लागि रानी मिल्स, धरानको पुष्पलाल चोकमा रहेको शाखाको लागि लक्ष्मीचोक र इटहरीको शाखाका लागि झुम्कामा यही साता क्लासिक सेन्टर सञ्चालनमा गर्न लागिएको पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित