काठमाडाैं, ३ भदाै । माछापुच्छ्रे बैंक लि. र नेपालका कानून व्यवसायीहरूको छाता संगठनको रुपमा रहेको नेपाल बार एशोसिएशनबीच एशोसिएशनसंग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका कानून व्यवसायी तथा संस्थाहरूलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
माछापुच्छ्रे बैंक र नेपाल बार एशोसिएशनबीच भएको सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नेपाल बार एशोसिएशनको तर्फबाट महासचिव लिलामणि पौडेलले हस्ताक्षर गरेका छन् ।
नेपालको संविधानमा उल्लेख भएको एक मात्र पेसागत संगठनको रुपमा रहेको नेपाल बार एशोसिएशनमा करीब २० हजार सदस्यहरू आवद्ध रहेका छन् ।
सम्झौतापछि नेपाल बार एशोसिएशनका सदस्यहरूले माछापुच्छ्रे बैंक लि.का सम्पूर्ण शाखाहरूमार्फत निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सेवाहरूमा बिशेष सहुलियत र प्राथमिकता प्राप्त गर्नेछन् ।
सरल र सहज रुपमा ग्राहकहरूलाई विभिन्न आर्कष योजनाका साथ सेवा प्रदान गर्दै आइरहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाल चिकित्सक सघं, नेपाट चार्टड एकाउन्टेन्स संघ, नेपाल अडिर्टस एशोसिएशन लगायतका संस्थासंग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आवद्ध व्यक्ति तथा संस्थाहरुलाई बिशेष प्राथमिकताका साथ सेवा पुर्याउने उद्धेश्यले सम्झौता गरेको थियो ।















प्रतिक्रिया