बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यद्वारा पदभार ग्रहण

दैनिक नेपाल २०७७ भदौ २ गते ७:०९

काठमाडाैं, २ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सोमबारदेखि आफ्नो पदभार ग्रहण गरेका छन् ।

सोमबार बिहान बैंकमा आयोजित एक कार्यक्रमबीच बज्राचार्यले ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा आफ्नो पदभार ग्रहण गरेका हुन् ।

पदभार गर्नुअघि बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उनलाई पद तथा गोपनीयताको सपथ गराएका थिए ।

अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले अहिलेको बैंकिङ्ग क्षेत्रको चुनौतिलाई सफलतापूर्वक सम्पन्न गर्न सक्ने नेतृत्व पाएको बताए ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई बनेको देशकै ठूलो बैंकको नेतृत्व गर्न पाउनु आफूलाई चुनौति र अवसर दुवै रहेको बताए ।

बैंकको सञ्चालक समितिको साउन ३० गते शुक्रबार बसेको बैठकले बज्राचार्यलाई आगामि चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो ।

चार दशकभन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा रहेका बज्राचार्यले यसअघि एक कार्यकाल ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरिसकेका छन् ।

नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ्ग करियर शुरु गरेका बज्राचार्यको बैंक तथा वित्तीय संस्थाहरूको मर्जर तथा मर्जरपछिको व्यवस्थापनमा राम्रो अनुभव रहेको छ ।

वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट समेत बज्राचार्यले यसअघि एनसीसी बैंक र सनराइज बैंकमा पनि प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित