बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

सय दिनमा हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा फोनपेकाे सहयाेग

दैनिक नेपाल २०७७ भदौ १ गते ७:१२

काठमाडाैं, १ भदाै । नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर सरकारलाई उपलब्ध गराउने अभियानमा फाेनपे पेमेन्ट सर्विस लिमिटेडले साथ दिएको छ ।

यसअभियान अन्तरगत अबदेखि फोन पे नेटवर्कबाट अन्तरबैंक कारोबार गर्दा प्रतिकारोबार रू एक छुट्याइनेछ । यसरी छुट्याइएको रकम नेपाल भेन्टिलेटर बैंकलाई उपलब्ध गराइनेछ ।

भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने उदेश्यले आफ्नो अभियान सञ्चालन गरिरहेको छ । हरेक कारोबारमा रू १ छुट्याउने सम्झौताको सम्झौता पत्रमा एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकाल र भेन्टिलेटर बैंकका तर्फबाट बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठले हस्ताक्षर गर्नुभयो । भाद्र १ गतेदेखि एक महिनासम्म यो अभियान लागु हुनेछ ।

नेपालमा ३ करोड जनताका लागि करिब ६ सय वटा मात्र भेन्टिलेटर उपलब्ध छन् । नेपालमा ३ देखि ५ हजार भेन्टिलेटरको आवश्यकता रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।

यही रिक्तता पूर्ति गर्नका लागि भेन्टिलेटर बैंकले यो अभियान सुरू गरेको हो । यस किसिमको पूर्वाधारको विकास समुदायको प्रतिवद्धता र रचनात्मक प्रयासहरूले सम्बोधन गर्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित