
काठमाडौँ, ३२ साउन । प्रदेश नम्बर २ मा आइतबार थप १ सय ४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये नेपाल राष्ट्र बैँकका ३ जना कर्मचारी पनि रहेका छन् ।
यससँगै प्रदेशमा संक्रमितको संख्या ६ हजार ९ सय ६५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काडमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बाग्मती र भिबिडिआरटीसिी हेटौंडामा गरिएको परीक्षणमा १ सय ४४ नयाँ संक्रमितहरु थपिएका स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
आईतबार स्वास्थ्यकर्मी, बैँकका कर्मचारी, कानून व्यवसायी, मुख्यमन्त्री कार्यालय तथा आवासका कर्मचारी लगायतमा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये सबैभन्दा बढी पर्सामा ६६, धनुषामा ३२, रौतहटमा २१, सर्लाहीमा १२, महोत्तरीमा ७ र बारामा ६ जना रहेका छन् ।
पर्साको वीरगञ्जमा मात्रै ४२ जनमा संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा ६ महिलासहित ७५ जना निको भएका छन् । यससहित निको हुनेको संख्या ३ हजार ६ सय ८७ पुगेको छ । हाल यस प्रदेशमा ३ हजार २ सय ३३ जना संक्रिय कोरोना संक्रमित रहेका छन् ।
जनकपुरधामस्थित काव्य अस्पतालमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्यसपछि अस्पतालको आईसीयू कक्षलाई सिल गरिएको छ । त्यस्तै, संक्रमितको उपचारमा खटेका १ जना चिकित्सक र २ जना सहयोगीहरु होम आईसोलेसनमा रहेको अस्पताल प्रशासनले जनाएको छ ।















प्रतिक्रिया