
काठमाडौँ, ३२ साउन । स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण देखिएपछि चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।
पछिल्लो समय लगातार अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि ईमरजेन्सी बाहेकका सेवा बन्द गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले जनाए ।
उपचार गराइरहेका बिरामीहरुलाई सेवा दिने र नयाँ ईमरजेन्सी केस आएमा व्यवस्था गर्ने अस्पतालले जनाएको छ ।
हालसम्म अस्पतालमा १० जनामा संक्रमण पुष्टि भएको छ । शनिबार मात्रै आकस्मिक कक्षमा कार्यरत ५ जना नर्समा कोरोना पोजेटिभ देखिएको थियो ।















प्रतिक्रिया