६ कार्तिक २०८३, शुक्रबार

तनहुँमा प्रहरी दम्पतीको परिवारका ५ जनामा कोरोना पुष्टि

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३२ साउन । तनहुँमा एकै परिवारका ५ जनामा कोरोनाभाइरस संक्रमण भएको छ ।

व्यास नगरपालिका १ भादगाउँ रतौली टोलमा रहेका प्रहरी दम्पतीको परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  श्रीमान लमजुङ र श्रीमती तनहुँमै कार्यरत रहेका प्रहरी हुन् ।

उनीहरुकी आमामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा संक्रमण पुष्टि भएको हो । त्यसपछि घरका अन्य सदस्यको परीक्षण गर्दा संक्रमण देखिएको हो ।

महिला कार्यरत प्रहरी कार्यालय तनहुँका २७ जना प्रहरीको सम्पर्क पहिचान गरी स्वाब संकलन गरिएको जनाइएको छ ।