६ कार्तिक २०८३, शुक्रबार

एउटै वडाका १६ जनालाई सर्पलाई टोक्दा एकको मृत्यु, स्थानीय त्रसित

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


महोत्तरी, ३१ साउन । महोत्तरीमा एउटै वडामा १६ जनालाई विषालु सर्पले डसेपछि स्थानीयवासी त्रसित भएका छन्।

महोत्तरीको भङ्गहा नगरपालिका ५, राजपुरमा १६ जनालाई सर्पले डसेपछि स्थानीय त्रसित भएका हुन् । बिहीबार धानखेतमा काम गरिरहेका बेला ४५ वर्षीया जैमुन खातुनलाई विषालु सर्पले डसेपछि उनको मृत्यु भएको थियो।

शुक्रबार साँझ ५ बजेदेखि राति १० बजेसम्म थप १५ जनालाई सर्पले डसेको भन्दै अहिले सो गाउँभरि त्रास फैलिएको भङ्गहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले बताए।

अहिले त्यहाँका स्थानीयवासी आ-आफ्नै घरमा सतर्क भएर बसिरहेका छन् भने घरबाट निस्कन छाडेको वडाध्यक्ष शिवकुमार महतोले बताए।

शुक्रबार सात महिला र एक पुरुषलाई सर्पले डसेको भन्दै सर्पदंश उपचार केन्द्र बर्दिवासमा भर्ना गराइ उपचार भइरहेको छ।

अन्य सात जनाको स्थानीयस्तरमा उपचार भइरहेको जनाइएको छ।

नगर प्रमुख साहले बर्दिवास र स्थानीयस्तरमा उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए।।