
काठमाडौँ, ३१ साउन । प्रदेश १ मा शनिबार थप ८६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएकामध्ये ३२ जना महिला र ५४ जना पुरुष रहेका छन् । संक्रमितमध्ये सबैभन्दा धेरै ४० जना विराटनगर महानगरपालिकामा रहेका छन् ।
मोरङमा ६४ जना, सुनसरीमा १९ जना, ओखलढुंगा, तेह्रथुम र उदयपुरमा एक एक जना संक्रमित थपिएका छन् । यससँगै प्रदेशमा संक्रमितको संख्या १ हजार ९ सय ७ जना पुगेको छ । जसमध्ये १ हजार ७५ जना निको भइसकेका छन् भने अन्य उपचाररत छन् ।















प्रतिक्रिया