६ कार्तिक २०८३, शुक्रबार

विराटनगरमा ४० सहित मोरङमा थपिए ६४ कोरोना संक्रमित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ साउन । मोरङमा शनिबार थप ६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये सबैभन्दा धेरै ४० जना विराटनगर महानगरपालिकामा रहेका छन् ।

यससँगै महानगरपालिकामा संक्रमितको संख्या ४ सय ८२ जना पुगेको छ । जसमध्ये ७६ जना निको भएका छन् भने ६ को मृत्यु भइसकेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार जिल्लो रंगेली नगरपालिकामा ९ जना, बुढीगंगामा २, धनपालथानमा ५, जहदामा ३, सुन्दरहरैंचामा २, कानेपोखरी, ग्रामथान र सुनवर्षीमा एक एक जना रहेका छन् । थपिएकासहित जिल्लामा संक्रमितको संख्या ८ सय ९५ जना पुगेको छ । जसमा ३ सय ३४ जना डिस्चार्ज भएका छन् ।