
काठमाडौँ, ३१ साउन । काठमाडौँ उपत्यकामा शनिबार थप ९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित प्रेस व्रिफिङमार्फत गत २४ घण्टामा काठमाडौँमा ८०, ललितपुरमा ९ र भक्तपुरमा ९ जनामा संक्रमण पुष्टि भएको जनाए ।
मन्त्रालयका अनुसार देशभर गत २४ घण्टामा थप ४ सय ६८ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या २६ हजार १९ जना पुगेको छ । त्यस्तै, थप १२४ जना कोरोनामुक्त भएको मन्त्रालयको जनाएको छ ।















प्रतिक्रिया