
काठमाडौँ, ३१ साउन । नेपालमा शनिबार कोरोनाभाइरसका थप ४ सय ६८ जना संक्रमित थपिएका छन् ।
त्यस्तै, गत २४ घण्टामा थप ३ जनाको मृत्यु पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मलेनमार्फत पछिल्लो २४ घण्टामा थप ४ सय ६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताए ।
यसरी हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय २ जना पुगेको छ भने संक्रमितको संख्या २६ हजार १९ जना पुगेको छ ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार हाल देशभर ८ हजार १ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा थप १ सय २४ जना कोरोनामुक्त भएका छन् । यससँगै निको हुनेको संख्या १७ हजार २ सय १ जना पुगेको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया