३० आश्विन २०८३, शुक्रबार

मनमैजु घटना : श्रीमती र प्रेमिकाले ग्याङ खडा गर्दा लक्ष्मणको हत्या

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । आफ्नै श्रीमती र प्रेमिकाले ग्याङ खडा गर्दा काठमाडौंको मनमैजुमा नुवाकोटका लक्ष्मण तामाङको हत्या भएको खुलेको छ ।

लक्ष्मणमाथि छुरा प्रहार गर्ने मुख्य व्यक्त दोलखाका आङदोर्जे शेर्पा पक्राउसँगै घटनाको नयाँ रहस्य खुलेको हो ।

महानगरिय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले दिएको जानकारी खनुसार शुरुमा मृतक लक्ष्मण तामाङकी श्रीमती सोनु श्रेष्ठ र पूर्व प्रेमिकाबीच झगडा भएको देखिन्छ । झगडा झगडामा मात्रै सीमित नभइ आ–आफ्नो शक्ति प्रदर्शनको तहसम्म पुग्दा लक्ष्मणले ज्यान गुमाउनु परेको प्रारम्भिक तथ्य फेला परेको छ ।

प्रमुख थापाका अनुसार सोनु र पुष्पाबीचको झगडा ‘ग्याङ फाइट’ मा परिणत भएको पाइएको छ ।

घटनाका दिन श्रीमती सोनुले श्रीमान लक्ष्मण, आफ्नो भाइ समीर श्रेष्ठ र लक्ष्मणका दाई शंकरलाई घटनास्थलमा बोलाएकी थिइन् । उता प्रेमिका पुष्पाले पनि आङदोर्जे, रबिन तामाङ र दिनेश तामाङलगायतलाई बोलाएपछि दुबै पक्षबीच झडप भएको थियो ।

झडपका क्रममा आङदोर्जे समूहको आक्रमणमा परी लक्ष्मणको दाई शंकरको आँखामा चोट लागेको छ भने श्रीमती सोनु पनि सामान्य घाइते भएकी छिन् । आङदोर्जेका साथी दिनेश तामाङ पनि घाइते भएका छन् ।

शुक्रबार राती मितेरी पुल नजिक शेर्पासहितको समूहले २४ वर्षीय तामाङलाई छुरा प्रहार गरी हत्या गरेका थिए । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले शेर्पासहित ४ जना युवकलाई पनि पक्राउ गरेको छ ।

शुक्रवार राती करीब साढे ८ बजेतिर छुरा प्रहारबाट घाइते लक्ष्मणको उपचारको क्रममा ग्रीनसिटी अस्पतालमा मृत्यु भएको थियो ।

हत्यामा संलग्न भएको आशंकामा प्रहरीले लक्ष्मणकी पूर्वप्रेमिका पन्तलाई पनि पक्राउ गरेको छ ।

यो पनि पढ्नुहोस्