
काठमाडौं, ३१ साउन । काठमाडौंको मनमैजुमा छुरा प्रहार गरी नुवाकोटका लक्ष्मण तामाङको हत्यामा संलग्न १ जना पक्राउ परेका छन् ।
लक्ष्मणको हत्या आरोपमा प्रहरीले दोलखाका आङदोर्जे शेर्पालाई पक्राउ गरेको हो । शुक्रबार राती एक खाजा घरमा दुई पक्षबीच विवाद हुँदा तामाङलाई छुरा प्रहार भएको थियो ।
घाइते तामाङको ग्रीनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । आरोपी तामाङ गोंगबु सुकुम्बासी टोलमा बस्दै आएका थिए । उनलाइृ आज शनिबार पक्राय गरिएको हो ।
घटनामा संलग्न अन्य ३ जनालाई पनि प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।















प्रतिक्रिया