३० आश्विन २०८३, शुक्रबार

गोंगबु हत्याकाण्ड भएको स्थानभन्दा केही पर युवकको हत्या

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । कल्पना मुडभरी पौडेलले कृष्णबहादुर बोहराको हत्या गरेको एक हप्ता नहुँदै काठमाडौंमा छुरा प्रहार गरे एक जनाको हत्या भएको छ ।

मनमैंजुमा छुरा प्रहार गरी नुवाकोटका लक्ष्मण तामाङको हत्या भएको प्रहरीले जनाएको छ । घाइते अवस्थामा ग्रिनसिटी अस्पतालमा लगिएका तामाङलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दोर्जे तामाङले लक्ष्मणमाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । दोर्जे फरार भएका छन् ।

उनको खोजीमा महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको टोली खटिएको छ ।

गोरखा सुमन खाजा घरमा विवाद भएको थियो । पसलेले प्रहरीलाई बताए अनुसार दुई जनाबीच भनाभनपछि झगडा भएको थियो ।

कल्पना मुडभरी पौडेलले गोंगबुमा दाङका कृष्णबहादुर बोहराको हत्या गरेकी थिइन् । टाउको नभएको हत्या काण्ड भएकै एक हप्ताभित्र अर्का युवकको गोंगबु नजिकै पर्ने मनमैँजुमा युवकको हत्या भएको छ ।