आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

कामना बैंक र डा.सञ्चो क्लिनिकबीच सम्झौता

दैनिक नेपाल २०७७ साउन ३१ गते ६:४३

काठमाडौं, ३१ साउन । कामना सेवा विकास बैंक लि.र डा.सन्चो क्लिनिक प्रा.लि.बीच स्वास्थ्यसम्बन्धी परामर्श लिने दिने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) विश्वब्यापी महामारीको रुपमा फैलिरहेको यस विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरूको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गरी उनीहरू सेवामा थप उत्साहित भई उच्च मनोबलका साथ काम गर्ने हौसला प्रदान गर्नको लागि यो सम्झौता गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बताए ।

अब कर्मचारीहरूमा स्वास्थ्यसम्बन्धी कुनै समस्या वा कुनै मनोवैज्ञानिक समस्या आएमा सिधै डा.सञ्चो क्लिनिकसंग परामर्श गर्न सक्नेछन् ।

बैंकले यस अगाडि नै आफ्ना कर्मचारीहरूको लागि कोरोना बीमा समेत गरि सकेको छ ।

प्रतिक्रिया
सम्बन्धित