
काठमाडौँ, ३० साउन । प्रदेश २ मा कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ ।
त्यस्तै, २ दिनअघि मृत्यु भएकामा पनि कोरोना पुष्टि भएको छ । शुक्रबार मृत्यु हुनेमा धनुषा जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ का ५० वर्षीय पुरुष र सिरहाका विष्णुपुर गाउँपालिका वडा नम्बर १ का ४० वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै, २ दिनअघि मृत्यु भएकी सर्लाहीकी ६५ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
शुक्रबार धनुषामा ११ महिलासहित थप ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा संक्रमितको संख्या ९ सय ९० जना पुगेको छ । संक्रमितहरु प्रादेशिक अस्पताल जनकपुरका ४ महिला पनि रहेका छन् ।
त्यस्तै, जानकी हेल्थ केयरका ५ जना, जिल्ला स्वास्थ्य कार्यालय धनुषाका ६ जना, मुक्तिनाथ बैंक जनकपुर शाखाका ३ जना, मिथिला नगरपालिकाका ३ जनासमेतमा संक्रमण देखिएको छ ।
त्यस्तै, सिरहामा एक जना, महोत्तरीमा २० जना, बारामा २० जना, पर्सामा ३२ जना, सर्लाहीमा २७ जना, रौतहटमा २४ जना र सप्तरीमा २१ जना गरी शुक्रबार प्रदेश २ मा थप १ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, शुक्रबार थप ४८ जना कोरोनामुक्त भएका मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।















प्रतिक्रिया