
काठमाडौँ, ३० साउन । काठमाडौँ उपत्यकामा शुक्रबार थप ११९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले गत २४ घण्टामा काठमाडौँमा ८३ जना, ललितपुरमा ३० जना र भक्तपुरमा ६ जनामा संक्रमण पुष्टि भएको जनाए । उपत्यकामा बिहीबार १२७ जनामा संक्रमण देखिएको थियो ।
त्यस्तै, नेपालमा शुक्रबार थप थप ५ सय ९४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै संक्रमितको संख्या २५ हजार ५ सय ५१ जना पुगेको छ ।
त्यस्तै, प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा निको भएर थप २४० जना डिस्चार्ज भएका छन् । यससँगै निको हुनेको संख्या १७ हजार ७७ जना पुगेको हो । देशभर हाल ७ हजार ५ सय १३ जना सक्रिय संक्रमित रहेका छन् ।















प्रतिक्रिया