६ कार्तिक २०८३, शुक्रबार

उच्च अधिकारीमा कोरोना देखिएपछि सामाजिक विकास मन्त्रालयका सबै कर्मचारी क्वारेन्टिनमा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० साउन । प्रदेश ५ सामाजिक विकास मन्त्रालयका सबै कर्मचारी क्वारेन्टिनमा बसेका छन् ।

मन्त्रालयका एक उच्च कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि सबै कर्मचारी क्वारेन्टिनमा बसेका हुन् ।

कोरोना नियन्त्रणमा नियमित खटिएका ति अधिकारीको शुक्रबार पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उनीसँग सम्पर्कमा आएका र अन्य सबै कर्मचारीको स्वाब संकलन कार्य भइरहेको छ ।

प्रदेश ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद गिरीले सबै कर्मचारी क्वारेन्टिनमा रहेपनि मन्त्रालयको नियमित सेवा नरोकिने बताए । गिरीलगायत सामाजिक विकास मन्त्रीको पनि परीक्षण गरिएकोमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ ।