६ कार्तिक २०८३, शुक्रबार

लुटियो १ लाख २७ हजार नगद तथा ब्याग

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, ३० साउन । पोखरा महानगरपालिका ७ सिताराम प्लटिङ नजिकै सोही महानगरपालिका १५ नयाँ गाउँ सेन्टमेरिज चोक बस्ने ३४ वर्षीया सिता गिरीको साथबाट नगद १ लाख २७ हजारसहित उनले बोकेको ब्याग बिहीबार साँझ लुटपाट भएको छ ।

सोही महानगरपालिका ९ शिव टोलतर्फ ग.१३ प ७३२४ नम्बरको स्कुटरमा जाँदै गरेको गिरीलाई हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जना अपरिचित ब्यक्तिहरुले उक्त नगद तथा ब्याग लुटी फरार भएको बताइएको छ ।

घटनामा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।