६ कार्तिक २०८३, शुक्रबार

बुटवलमा ५ सहित रुपन्देहीमा थपिए ११ कोरोना संक्रमित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० साउन । रुपन्देहीमा थप ११ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

समुदायस्तरको परीक्षणमा बुटवल उपमहानगरपालिकाका ५ जना र सिद्धार्थनगर नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

उनीहरुको स्वेच्छाले शुल्क तिरेर निजी प्रयोगशाला नेशनल प्याथ ल्याब बुटवलमा परीक्षण गरिएको थियो ।

यससँगै रुपन्देहीमा कोरोना संक्रमित संख्या ४ सय १७ जना पुगेको छ । जसमध्ये ३ सय २८ जना निको भएका छन् भने ७७ जना उपचाररत रहेका छन् ।