
चितवन, ३० साउन । भरतपुर अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ ।
अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक जना नर्सलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि आकस्मिक कक्ष सिल गरिएको हो ।
अस्पतालद्वारा जारी सूचनामा अर्को व्यवस्था नहुञ्जेल सम्मका लागि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको बताइएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा अस्पतालको सोही कक्षमा कार्यरत २५ वर्षीया नर्समा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।















प्रतिक्रिया